आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार भैरहेको छ । 

तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय २५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १०१ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।