कालापानीबारे बोल्यो सरकार, ‘भूभाग नेपालको हो, एकपक्षीय निर्णय मान्य छैन’

कालापानीबारे बोल्यो सरकार, ‘भूभाग नेपालको हो, एकपक्षीय निर्णय मान्य छैन’

काठमाडौंः नेपाली भूभाग कालापानीलाई भारतीय भूमिका रुपमा नक्सामा समेटिएको विषयप्रति परराष्ट्र मन्त्रालय आपत्ति जनाएको छ। कालापानी नेपालको भूभाग रहेको प्रस्ट्याउँदै एकपक्षीय ढंगबाट भएको निर्णय मान्य नहुने पनि जनाइएको छ। विज्ञप्ति प्रकाशन गर्दै परराष्ट्रले कालापानी नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी रहेको विषयमा भारतले एकपक्षीय रुपमा निर्णय दिएको आपत्ति जनाइएको छ। ऐतिहासिक दस्तावेज र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समस्याको समाधान हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।