प्रवासमा फुल्दै गरेको सफल कथाका पात्र : श्याम भण्डारी

प्रवासमा फुल्दै गरेको सफल कथाका पात्र : श्याम भण्डारी

स्टेजमा रहेको रंगी-बिरंगी बत्तिहरुले आँखा एकछिन पनि झिमिक्क पार्न दिएको थिएन । फोकस लाइटहरु यता उति गर्दै नाच्दै थिए, नाच्दै गरेका लाइट ठ्याक्क एक व्यक्ति सामू गएर रोकियो अनि बाल्कोनीबाट दर्शकहरुको समर्थनको आवाज चर्को स्वरमा आउन थाल्यो "श्याम, श्याम, श्याम" टाढाबाट हेर्दा छातीमा शिव र पाखुरीमा गणेश भगवानको चित्र अंकित ट्याटु खोपेका । ठुला ज्यान भएका । लगभग ६ फुटे मान्छे देखियो ।

प्रत्येक वर्षझैँ यसपाली पनि आइसीएनले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा आयोजना गरेको राज्य स्तरीय आइ कम्पिट न्याचुरल डब्लु ए च्याम्पियनशिमा शारीरिक सुगठित ज्यान भएका थुप्रै युवाहरुले प्रतियोगीको रुपमा भाग लिएका थिए । यो प्रतियोगितालाई शारीरिक सुगठित ज्यान बनाउने अस्ट्रेलियाली युवाहरुले कुम्भकै रुपमा पनि लिईन्छन । सबै भन्दा खुशीको कुरा चाँही के थियो भने, यस प्रतियोगितामा दोस्रो पटक कुनै नेपालीले आफ्नै क्षमातामा भाग हुने सुवर्ण मौका पाएका थिए । उनि थिए श्याम भण्डारी।

सायद उनको नाम लिनासाथ पश्चिम अस्ट्रेलियाको नेपाली समुदायमा उनलाई नचिन्ने कमै छन् । शनिवार सम्पन्न प्रतियोगितामा भण्डारीले ‘मेन्स फिट्नेस फस्ट टाइमर्स, मेन्स फिट्नेस थर्टी प्लस र मेन्स फिट्नेस रोकी बिधामा क्रसश: दोश्रो र मेन्स फिट्नेस ओपेन बिधामा चौथो स्थान हासिल गरेर, बिभिन्न चार वटा शिर्षकमा पुरस्कार पनि जितेका छन । धेरै अन्तरास्ट्रिय सफल प्रतियोगीहरुलाई पछि पर्दै उनी पुरस्कारका दावेदार भएका हुन् । सामान्य परिवारमा हुर्केका भण्डारी अध्ययनको सिलसिलामा २००८ तिर नेपालबाट अस्ट्रेलिया आएका हुन्।

नियमित अस्ट्रेलिया आउने अन्तरास्ट्रिय विद्यार्थी जस्तै उनले पनि धेरै संघर्ष गर्नु परेको थियो । अहिले त्यहि संघर्षको स्वाद चाख्दै छन् । तर उनी यो फिटनेस क्षेत्रमा भने झुकिएर लागेका हुन् रे। पाँच बर्ष अघि ढाडको समस्या बहर नजिकैको क्लिनिकको डाक्टरले जिम जान अनुरोध गरेका थिए। अनि त्यहि दिनबाट उनको यात्राले अलगइ मोड लियो।

उनले अस्ट्रेलिया आएर यसैमा आफ्नो भबिस्य बनाउछु भनेर त कल्पना समेत पनि गरेका थिएन्न। अहिले चाही उनलाई खुशी लाग्छ रे, उनी भन्छन जे गरे ठीकै गरे जस्तो लागेको छ। साथीभाईमा एकदम मिजासिलो उनी अहिले आफूसंगै आफ्ना साथी, बन्धुलाइ पनि फिटनेस सम्बन्धि ज्ञान दिन थालेका छन्। अहिले उनि पर्थकै नाम चलेको एक फिटनेस सेन्टरमा फिट्नेस तथा पर्सनल ट्रेनरका रुपमा कार्यरत छन् ।

उनी भन्छन 'अझै मैले धेरै गर्नु छ आफ्नो देशको लागि, र आफ्नो लागि । यो त केवल सुरुवात मात्र हो ।' उनको यो सफल कार्यले आउँदै गरेका पुस्ताहरुले प्रेरणाको स्रोतको रुपमा लिन सक्छन ।