आज बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो तोलाको  ?

आज बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो तोलाको  ?


काठमाडौं। आइतबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो ।  त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा ४० रुपैयाले बढेर तोलाको १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।