काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा सहमति जुटेको छ ।
सरकार र डा. केसीको वार्ता टोलीबीच ८ बुँदे सहमति जुटेको हो ।
डा. केसीको मुख्य माग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आगामी शैक्षिक शत्रदेखि एमबीबीएसको पढाइ शुरू गर्न सरकार सहमत भएको छ ।
यस्तै सुदूरपश्चिमको गेटा मेडिकल कलेजमा पनि आगामी २०८० भित्रै सम्पूर्ण पूर्वाधार र जनशक्ति तयार गरी एमबीबीएस कक्षा शुरू गर्ने सहमति पनि दुई पक्षबीच जुटेको छ ।
सहमतिको आठौं बुँदामा डा. केसीले अनशन अन्त्य गर्ने उल्लेख छ ।
हेर्नुहोस्, सहमतिका ८ बुँदा: