बढ्यो सुन मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुन मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपैयाले बढेर तोलाको ११ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।