आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । चाँदी भने प्रतितोला ५ रुपियाँ बढेको छ । हिजो पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन ९४ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा किनबेच भएको थियो ।