कालापानी र लिपुलेक कस्को ?

कालापानी र लिपुलेक कस्को ?

काठमाडौं : नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई भारतले नयाँ राजनीतिक नक्सामा आफ्नो बनाएको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई आफ्नो क्षेत्रमा राखिएपछि नेपालबाट भारतको आलोचना सुरु भएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ । अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ ।

नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।यता नापी विभागले भने यसबारे अध्यनन भईरहेको बताएको छ । भारतले नेपालको भुभागलाई आफ्नो नक्सामा समावेस गरेसंगै नेपालमा भारत विरोधि नारा सुरुभएको छ ।