आज घट्यो सुन चाँदीको मुल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुन चाँदीको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९४ हजार ९ सयमा कारोबार भएको थियो ।  त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २५ रुपैयाले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।