आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । मंगलबार सुनको मूलय बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । यो मुल्य हिजोको भन्दा ८०० रुपैयाँले बढी हो ।

यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य रु। १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।