फ्रान्समा पनि कोरोनाको दोस्रो लहर, पेरिसमा फेरि कडाइ

फ्रान्समा पनि कोरोनाको दोस्रो लहर, पेरिसमा फेरि कडाइ

फ्रान्सको राजधानीमा कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै नियन्त्रणका थप उपाय अवलम्बन गरिन लागेको पेरिस प्रहरी प्रमुख डिडियर लालेमन्टले सोमबार बताएका छन् ।

पेरिसमा संक्रमण बढ्दै गएपछि मंगलबारदेखि बारहरु पूर्ण रुपमा बन्द हुने बताइएको छ । 

कोभिड–१९ का कारण इटाली र स्पेनपछि बढी प्रभावित मानिएको फ्रान्समा महामारीका कारण अहिलेसम्म सङ्क्रमितको सङ्ख्या छ लाख १९ हजार १९० व्यक्ति प्रभावित बनेका छन् । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमित ३२ हजार २३० व्यक्तिको मृत्यु भएको छ ।

यूरोपमा देखिएको पहिलो लहरको सङ्क्रमणमा केही कमी देखिन थालेपछि र सङ्क्रमण नियन्त्रणका लागि लिइएका उपायका कारण उद्योग तथा राष्ट्रिय अर्थतन्त्र प्रभावित बनेपछि यूरोपका विभिन्न मुलुकले लकडाउनलाई खुकुलो बनाएको थियो । 

राजधानी पेरिसले आगामी १५ दिन सङ्क्रमण नियन्त्रणका लागि थप कडाइ गर्न लागेको डिडियरले बताए ।

उनले भने, “यो बिहान हामीले सङ्क्रमण नियन्त्रणका लागि नयाँ कदम लिएका छौँ । नयाँ नियन्त्रणका उपाय बढी बाक्लो वस्ती रहेका पेरिस र यसको भित्री घेरामा रहेका बस्तीमा १५ दिनका लागि लागु गरिने छ ।”