आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहदै तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।