आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ । 

यसअघि शुक्रबार सुनको मूल्य  प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । 

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।