आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । लगातार बढिरहेको सुनको मूल्यले हिजोबाट घट्न सुरू गरेको हो । शुक्रबार सुनको मूल्य तोलाको २ सय रुपैयाँले घटेर  प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि तोलाको २ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला एक हजार १ हजार १ सय ७५ रूपैयाँमा नै कारोबार भइरहेको महासंघले बताएको छ ।