आज घट्यो सुन र चाँदीको मुल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुन र चाँदीको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । बिहीबार सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर आज तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।