आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य उकालो यात्रालाई निरन्तरता दिएको छ । बुधबार सुनको मूल्य  तोलामा ५ सय रूपैयाँले बढेर  प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । 

बुधबार चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएको छ । हिजो चाँदीको मूल्य तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।