रङ परिवर्तन गरेर लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ

रङ परिवर्तन गरेर लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्लाको अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ । चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्रेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार चितवनबाट चल्ला ल्याएका कलंकी र स्यूचाटारमा रहेको पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरी लोकल चल्ला भनेर बेच्न खोजेको अरोपमा ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया चन्दा शाह, ४२ वर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् ।

प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको एक सय रुपैयाँमा बेच्न लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।