मुकेश अम्बानीको लागि कोरोना फलिफाप, हरेक घण्टा कमाइरहेका छन् ९० करोड

मुकेश अम्बानीको लागि कोरोना फलिफाप, हरेक घण्टा कमाइरहेका छन् ९० करोड

दिल्ली । भारतका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश अम्बानीले लकडाउनयता हरेक घण्टा ९० करोड रुपिँया कमाइरहेका छन्। आइआइएफएल वेल्थ हुरुन इन्डिया रिचलिस्टका अनुसार लकडाउनयता अम्बानी अझ बढी सम्पत्ति थप्न सफल भएका हुन् ।

पछिल्लो एकवर्षमा अम्बानीको व्यक्तिगत सम्पत्ति २ लाख ७७ हजार ७ सय करोडबाट बढेर ६ लाख ५८ हजार ४ सय करोड रुपियाँ पुगेको छ।

हुरुनको अनुसन्धान अनुसार हाल भारतमा १ हजार करोड रुपियाँभन्दा बढी सम्पत्ति भएका ८२८ व्यक्ति छन्।