आज  बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज  बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै मंगलबार तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा ११७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा ११५० रुपैयाँमा कारोबार भएको थियो ।