कास्की २ मा कांग्रेसबाट पौडेल उठ्ने

कास्की २ मा कांग्रेसबाट पौडेल उठ्ने

पोखरा : नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पौडेललाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।

केन्द्रीय सदस्य धनराज गुरुङले कास्की–२ को उम्मेवारमा आफ्नो दाबी नरहेको पार्टी पदाधिकारी बैठकमा जानकारी गराएपछि पौडेलले टिकटमा बाजी मारेका हुन् ।