कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौँ । लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज भने स्थिर रहको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ । हिंजो पनि तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि घटबढ भएको छैन । आज चाँदी तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ ।