आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आजतेजावी सुनको मूल्य पनि तोलाको ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।