आज बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा  केहि दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९३ हजार १ सय रहेकोमा आज तोलामा ८ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १ हजार १६० रहेको महासंघले जनाएको छ ।