लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । पछिल्ला दिनहरुमा सुनको मूल्यमा लगातार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय, बुधबार एक हजार दुई सय र बिहीबार एक हजार दुई सयले घटेको हो । 

महासंघले छापावाला सुनको मूल्य बिहीबार प्रतितोला ९३ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला  ९२ हजार ६ सय तोकेको छ । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय कायम भएको थियो । बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले घटेर एक हजार एक सय २० मा कारोवार भैरहेको छ ।