आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो । यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार १९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।