आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजारमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।