आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।