नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

जनकपुर : प्रदेश २ का नवनियुक्त प्रमुख तिलक परियारले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् । बिहान १० बजेतिर जनकपुरधाम आएका परियार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख परियारले यहाँको सरकारसँग मिलेर अघि बढ्ने बताए । उनले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए । आफू एउटा पार्टीबाट नियुक्त भएपनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए ।