आज कति पुग्यो सुनको मुल्य ?

आज कति पुग्यो सुनको मुल्य ?

काठमाडौं । मंगलबार  प्रतितोला ६ सयले बढेको सुनको मूल्य आज भने स्थिर छ । सोमबार ९६ हजार ९ सय कायम भएको थियो । मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ ।

यसअघि आइतबार तोलाको १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर सोमबार १३२० रुपैयाँमा कारोबार भएको थियो ।