भारतले जारी गरेको नक्साबारे स्पष्टीकरण सोध्नुपर्छ : साझा पार्टी

भारतले  जारी गरेको नक्साबारे स्पष्टीकरण सोध्नुपर्छ : साझा पार्टी

काठमाडौं : अन्तर्राष्ट्रिय कानुनविपरीत भारत सरकारले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेकाले स्पष्टीकरण सोध्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।भारतद्वारा जारी नयाँ नक्साले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेकाले भारतसँग स्पष्टीकरण माग्न साझाले विज्ञप्तिमार्फत माग गरेको हो ।

साझा पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीचको सदियौं लामो सम्बन्ध नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकतामा यसले प्रहार गरेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।