आईपीएल खेल्नका लागि यूएई पुगे सन्दीप लामिछाने

आईपीएल खेल्नका लागि यूएई पुगे सन्दीप लामिछाने

काठमाडाैं । वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल सकिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी खेल्न सोमबार राति यूएई पुगेका छन् । दिल्ली क्यापिटल्सले आफ्नो सामाजिक सञ्जालहरुमा सन्दीप फोटो हाल्दै उनी पुगेको जनाएको हो ।

सीपीएलमा सन्दीपले कुल ११ खेल खेलेका सन्दीपले १२ विकेट लिएका थिए । यूएई पुगेपछि सन्दीप आफू सेल्फ क्‍वारेन्टिनमा बसेको बताएका छन् ।

यो सिजन आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदै छ । आईपीएल यूएईमा आयोजना गर्न लागिएको हो । सन्दीपको टिम दिल्लीले पहिलो खेल किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।