फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर आज तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार भने तेजावी र छापावाल सुनको मूल्य स्थीर थियो । 

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।