काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ४०० बढेर ९६ हजार ८०० पुगेको छ ।
यस्तै तेजावी सुन आज तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। हिजो तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रहेको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको थियो ।