अनलाइनमा नेपाली कपडा बिक्रि गर्दै नेपाली अटाईर

अनलाइनमा नेपाली कपडा बिक्रि गर्दै नेपाली अटाईर

काठमाडाैं । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गर्दै आइरहेको लकडाउनरनिषेधाज्ञाका कारण आफूहरुले अंगालेको पेशाबाट आयस्रोत ठप्प भएपछी काठमाडौंमा स्नातकोत्तर दोस्रो सेमेस्टर पढिरहेका दुई साथी दिक्षा थालिया र बृन्दा श्रेष्ठ मिलेर नेपाली अटाईर संस्था सुरु गरे । उक्त संस्थामार्फत उनीहरुले नेपालमा पाइने गाजा र सिस्नुबाट तयार भएका नेपाल सुहाउँदो पोशाकहरु तयार पारिरहेका छन् ।  

बिशेष गरेर दार्चुला, बझाङ्ग, जाजरकोट जस्ता जिल्लामा हेम्प खेती गरिन्छ ।  अहिले सुरुका केहि समय अनलाइन डेलिभरीलाई  मात्र मुख्य प्राथमिकता दिइने र स्थिति नर्मल तर्फ गएपछि रिटेल र होलसेलबाट पनि उपलब्ध हुने भएको छ ।  अनलाइन मार्फत आफूलाई सुहाउदो कपडा छानेर सिलाउन पनि दिन सकिन्छ वा रेडिमेड पनि लिन मिल्ने व्यवस्था गरिएको छ ।  

महिला सशक्तिकरणका लागि मुख्य जोड दिंदै लकडाउनरनिषेधाज्ञामा आफ्नो काम गुमाएका महिलाहरुलाई स्वरोजगार बनाउँन र नेपाली कृषिमा पनि केहि सहयोग पुर्याउन उनीहरुले यो संस्था सुरु गरेका हुन् ।   

विदेशमा राम्रो मुल्यमा बिक्रि गर्न सकिने भएर पनि अहिले दार्चुला, बझाङ्ग, जाजरकोट जस्ता जिल्लामा हेम्प खेती र व्यापार फस्टाएको छ  ।  

उनीहरु भन्छन- 'अब हामीले पढेको पनि यहि व्यापार नै हो आफै केहि गर्नु पर्यो भनेर आटियो हेरम के हुन्छ ।'