कास्की २ मा धनराज गुरुङ पछि हटे

कास्की २ मा  धनराज गुरुङ पछि हटे

काठमाडौँ : नेपाली काँग्रेसले कास्की २ को प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङलाई उम्मेदवार नबाउने भएका छ । गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएका छन् ।पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको बताइएको छ ।

पूर्वसभासद गुरुङ स्याङ्जाका हुन् । उनले कास्की २ मा टिकट पाउन लागेको भनी प्रचार भइरहेको बेला काँग्रेसले आधिकारिक रूपमा गुरुङको उम्मेदवारीको सम्भावना नरहेको प्रस्ट पारेको हो ।