ओरालो लाग्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार २ सयमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार ९६ हजार ७ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ । 

आज चाँदीको भाउमा पनि गिरावट आएको छ । बुधबार १ हजार ३ सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।