फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । सुनको मूल्य मंगलबार पनि वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ९ सयले वृद्धि भएको हो । 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि मंगलबार वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।