ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट, कति पुग्यो किलोको ?

ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट, कति पुग्यो किलोको ?

काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएकोमा शुक्रबार १५ रुपैयाँ घटाएर २४० मा झारिएको छ ।

प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधिमा झरेको संघका अध्यक्ष बिसी बताउँछन् ।

सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएको मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको संघको भनाइ छ ।

पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको संघले जनाएको छ ।