आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

कठमाडाैं । हिजो ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

तेजावी सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा निर्धारण गरिएको थियो । 

शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । बिहीबार १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।