लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । मंगलबार पनि सुनको मुल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ७ सयले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार सुन तोलाको ९७ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।