आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९७ हजार ४०० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । तेजावी सुनको  आइतबार प्रतितोला ९७ हजार ९ सय रुपौयाँमा कारोबार भएको थियो । 

त्यस्तै सोमबार चाँदीको मूल्यसमेत घटेको छ। सोमबारका लागि चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो। आइतबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।