आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । पछिल्लो समय लगातार ओलारो लागेको सुनको मूल्य आइतबार ४ सय रुपैयाँले घटेको छ । शुक्रबार ९८ हजार ८ सयमा कारोबार भएका छापावाल सुन आज प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९७ हजार ९ सय तोकिएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १३ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।