हरीतालिका तीजकाे दिन घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

हरीतालिका तीजकाे दिन घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हरीतालिका तीजकाे दिन अर्थात् भदौ ५ गते शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल र तेजाबी सुनको मूल्य एक लाख तल झरेको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला ९८ हजार ८०० छ भने तेजाबी सुन प्रतितोला ९८ हजार ३०० मा कारोबार हुँदैछ ।

चाँदीको मूल्यमा पनि सामान्य घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३७० तोकिएको छ ।

यसअघि विहिबार छापावाल सुन प्रति तोला ९८ हजार ८ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भएको थियो । विहिबार चाँदी प्रतितोला १ हजार ३६० मा कारोबार भएको थियो ।