पश्चिम अस्ट्रेलियामा नेपालीहरू बढ्दै

पश्चिम अस्ट्रेलियामा नेपालीहरू बढ्दै

सञ्चारकर्मी तथा एनआरएन पश्चिम अस्ट्रेलियाका पुर्व संयोजक दिपक शर्मा १२ बर्ष अघि पश्चिम अस्ट्रेलिया आउँदा नेपालीहरुको संख्या एकदमै कम थियो। कहिँ कतै कुनै शहरमा नेपाली पनि छन, भन्दा एकदमै खुशी लग्थियो रे । 

उनलाई मात्र होइन १३ बर्ष देखि पश्चिम अस्ट्रेलियालाई कर्म थलो बनाएर यहि बसिरहेका साहित्यकार राजेश बुढाथोकीको अनुभव पनि त्यस्तै छ, उनी भन्छन पहिला पहिला कुनै समाजिक कार्यक्रम गर्नु पर्दा नेपाली खोज्दै हिड्नु पर्थो।   

तर अहिले समय ठ्याक्कै परिवर्तन भएको छ, अहिले प्राय सबै शहरमा नेपालीहरुको बाहुल्यता बढेको देख्न सकिन्छ। विद्यार्थी, अस्थायी, स्थायी भिसा गरेर अहिले सात हजार भन्दा बढी नेपालीहरु पश्चिम अस्ट्रेलियामा देख्दा उनीहरुलाइ सार्है खुशी लाग्छ। 

नेपालीहरुको बृद्धि देख्दा कहिलेकाहिँ आफुहरु नेपालमै भएको अनुभूति गर्छन उनीहरु । 

नेपालीहरुको संख्या बढेसंगै नेपाली संस्कृति, भाषा, धार्मिक आस्था जोगाउन यहाँका व्यक्ति र सामाजिक संस्थाहरु लागिपरेको देख्न सकिन्छ। 

खासमा के कारणले नेपालीहरु पश्चिम अस्ट्रेलियामा बृद्धि हुँदैछन् त ?
 
अस्ट्रेलियन सरकारले ग्रामीण क्षेत्रमा बसोबास गरी उक्त क्षेत्रको अर्थतंत्रमा प्रतक्ष्य योगदान दिन सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्थायी भिसा अर्थात (पिआर) दिने नियम ल्याएपछि पश्चिम अस्ट्रेलिया राज्यमा नेपालीहरुको संख्या बढेको देखिन्छ ।  

गएको वर्ष  सिड्नी, मेल्बर्न लगायतका ठूला शहरहरुमा मानिसको चाप कम गर्ने उद्देश्यले अस्ट्रेलियन सरकारले नयाँ ग्रामीण भिसाको नियम लागू गरे पछि सिड्नी, मेल्बर्न संगै ग्रामिण भेगलाई पनि बिद्यार्थीहरुले विकल्पमा राख्न थालेका छन, ति ठुला शहरहरुमा अवसर त धेरै छन तर अहिले त्यता बसेर पीआर नुहुने, भएर पनि होला आजकाल नेपाली बिद्यार्थीहरुको फ्लो बढेको कुरा भन्छन पर्थमा रहेको एक्सपर्ट एजूकेसन एण्ड भिजा सेर्भिसेसका समज भण्डारी ।

पश्चिम अस्ट्रेलियामा रहेका नेपालीको सहयोगको लागि नावा 

पश्चिम अस्ट्रेलियामा गठन भएको सबै भन्दा पुरानो संस्था हो, नेप्लिज एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलिया (नावा) । प्राय लामो समय देखि यस राज्यमा बसोबास गर्दै बिभिन्न पेशा, व्यावसाय अंगालेर अघि बढ्नेहरु यस समुहमा आबद्द छन् ।  नेपाली संस्कृति, परम्परा, भेषभुषालाई अस्ट्रेलियामा प्रवर्दन गरिरहने नावाले कोरोना माहामारीमा आफ्नो सहयोगी हातबाट धेरै नेपाली बिद्यार्थी तथा नेपाली समाजलाई सहयोग गरेर सहि अभिभाबकत्व निर्वाह गरेको छ । साथै पश्चिम अस्ट्रेलियामा नेपाली भाषा, कला संकृतिलाई संरक्षण गर्ने प्रयास अनुसार नेपाली बालबालिकालाई नेपाली भाषामा विषेस दखल दिन उनीहरुलाई लक्षित गर्दै नेपाली भाषा कक्षा पनि संचालन भैरहेको संस्थाका उपाध्यक्ष राज थपलिया भन्छन ।

धार्मिक आस्था जोगाउन पर्थ नेपाली मन्दिर


हामी नेपाली जुनै देश वा शहरमा भए पनि हाम्रो पछाडी सधै जोडिएर आउने महत्वपुर्ण  कुरा भन्या हाम्रो धर्म र सस्कृति हो। पश्चिम अस्ट्रेलियामा पनि यसलाई जगेना गर्न पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्र स्थापना भएको धेरै समय भैसकेको छ।  हरेक हप्ता वा समय अनुकुल मिलाएर  संस्थामा आबद्द वा इच्छा भएका व्यक्तिले आफ्नो घर, प्रांगणमा धार्मिक भजन, कृतन, वर्त लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएका छन ।  श्रीमद भागवत कथा र कलश यात्रा पनि केहि समय अगाडी गरिएको थियो। भिजिट र स्थायी भिसा रहेमा रहेका वृद्द नेपाली बुवा-आमालाइ पनि समय कटाउने र भगवान प्रतिको आस्थामा अघि बढ्न, दोस्रो पुस्तालाइ धर्म प्रतिको ज्ञान दिन पनि सघाएको छ। आयोजना गरिएका कार्यक्रमहरु बाट उठेको रकम समाजसेवामा लगानी गर्ने गरेको छ। संस्थाको अध्यक्ष  रोशन शेर्पा भन्छिन, विदेशमा आएपछि काम र पैसालाई मात्र मुख्य प्राथमिकता दिदा आफ्नो धार्मिक आस्था गुमाउने भयले गर्दा  पर्थ नेपाली मन्दिरको जन्म भएको हो।  


फुटबलमा नेपाली क्लबको अग्रता 

बिभिन्न भिसामा रहेका नेपाली फुटबल प्रेमी युवाहरुलाई समेटेर केहि बर्ष अघि गठन भएको नेप्लिज युनाइनेड फुटबल क्लबको चर्चा अहिले पश्चिम अस्ट्रेलियामा धेरै नै छ । पढाई, काम र जिम्मेवारीलाई केहि पर राखेर नेपाली फुटबल क्लबलाई सफलताको शिखरमा पुर्याउन पुरै टिम मेहेनत गरिरहेको छ । सबिन रेग्मी (मोडर्न) कप्तान रहेको नेप्लिज युनाइनेड फुटबल क्लबले पश्चिम अस्ट्रेलियामा आयोजना गरिएका थुप्रै प्रतियोगितामा भाग लिएर आफुहरुलाई अब्बल साबित पनि गरिसकेको छ।  फुटबल प्रति मोह र जानकार भएका नेपालीले आफ्नो कला देखाउन खोजे, क्लबले सहयोग गर्ने क्लबका कोच प्रवेश थापा बताउछन।  

मनोरञ्जनमा पर्थ नेपाल र अक्टेभ

पश्चिम अस्ट्रेलियामा आउने नेपाली बिद्यार्थीहरुको प्राथिमिकतामा पर्छ काम र कोठा खोज्ने अनि यो पाउन सबै भन्दा गार्हो छ तर यसलाई सहज बनाउदै  सहयोग गर्ने युवा नेतृत्व संगठनको रुपमा चिनिन्छ पर्थ नेपाल।  संजय चौधरी, श्री न्यौपाने, प्रमेश केसी र प्रमोद आचार्यले यो समुहलाइ समुदायमा अगाडी बढाईरहेका छन्।  समय अनुकुल सांगीतिक र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरेर पश्चिम अस्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई मनोरंजन प्रधान गरिरहेको छ । अस्ट्रेलिया आइसकेपछि नेपाली युवाहरुले आफ्नो रहर पुरा गर्न पाउदैन, कसैलाई गित गाउँन, नाच्न रहर भए पनि उनिहरुले ठाउ पाउन सक्दैन त्यहि  भएर हामीले प्रतिभा पस्किने प्लेटफर्म सुरु गरेका छौ अक्टेब इभेन्टका सन्तोष धामी भन्छन। 

साहित्यको खानि पश्चिम अस्ट्रेलिया
आफ्नो देशबाट टाडा भएपछि सबैभन्दा बढी माया लाग्ने भनेकै आफ्नो भाषा र संस्कृति हो।  विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यलाई प्रवर्दन गर्ने धेरै साहित्यकारहरु छन्।  त्यसमध्य पनि पश्चिम अस्ट्रेलियाको पर्थ साहित्यिक हबको रुपमा चिनिदै आएको छ। समय समयमा ठुला ठुला साहित्यिक कार्यक्रम, गोष्ठी, छलफल  गरेर पनि होला अन्तरास्ट्रिय साहित्य समाज पर्थ च्यापटर अरु समुह भन्दा भिन्न छ।  गणेश घिमिरे, राजेश बुढाथोकी, देवकी थानी, हरि अधिकारी जस्ता  स्रस्टा  भएर पनि साहित्यमा रुचि राखेर पश्चिम अस्ट्रेलियामा नंया आउने नेपालीहरुलाई प्रोत्सान मिल्छ।