मकवानपुरमा मृत भेटिए कान्तिपुरका पत्रकार बलराम बानियाँ

मकवानपुरमा मृत भेटिए कान्तिपुरका पत्रकार बलराम बानियाँ

काठमाडौं ।  पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । तीन दिनदेखि हराइरहेका कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार फेला परेको छ ।

सोमबार नै बल्खुमा देखिएका बनियाँलाई बागमतीले बगाएर त्यहाँ पुर्‍याएको हुनसक्ने अनुमान गरिएको छ । बुधबार बिहान मात्रै उनी तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशन र बानियाँको परिवारले प्रहरीमा निवेदन दिएको थियो । 

हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।