अस्ट्रेलियामा नेपाली युवा मृत फेला, शव नेपाल पठाउन सहयोग रकम जुटाउँदै

अस्ट्रेलियामा नेपाली युवा मृत फेला, शव नेपाल पठाउन सहयोग रकम जुटाउँदै

अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको एडिलेड  शहरमा २७ वर्षीय नेपाली युवा अमित घिमिरे मृत फेला परेका छन् । ट्रोल नेपाल नामक फेसबुक पेजमा आबद्द भएर आफ्नो सृजना प्रस्तुत गर्ने घिमिरे गत ६ अगस्ट देखी सम्पर्क बिहिन भएका थिए ।  उनी आइतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएका हुन । उनी २ वर्षअघी मात्र सिड्नीबाट एडिलेड आएको बताइएको छ ।  

उनको मृत्युको कारण अहिले खुलिसकेको भने छैन । प्रहरीले पोस्ट्मार्टम पछी सबै जानकारी दिने भनेको छ । तर उनले आत्महत्या गरेको हुन सक्ने शंका गरिएको छ ।

दक्षिण अस्ट्रेलियाका अबैतानिक वाणिज्यदूत दिपक धमलाले फरेन्सिक परीक्षणपछि पोष्टमार्टम गरिने भएकाले पोष्टमार्टम रिपोर्ट आउँन करिब चार दिन लाग्ने जानकारी दिए । स्थानीय प्रहरीले भने मृत अवस्थामा भेटिएका नेपाली युवाको मृत्यु शंकास्पद नरहेको बताएको छ ।

उनको मृत शरिर नेपाल पठाउन उनका साथीहरु र एनआरएनले सामाजिक सनञ्जाल बाट सहयोग संकलन अभियान सुरु गरिसकेका छन ।