अस्ट्रेलियाको पर्थमा आफ्नैलाई ठग्दै नेपाली

अस्ट्रेलियाको पर्थमा आफ्नैलाई ठग्दै नेपाली

पर्थ । अस्ट्रेलिया नेपालीहरुका लागि सपनाको शहर बनेको छ । तर यहाँ नेपाली बाहुल्यता बढेसँगै प्राय सबै राज्यहरुमा नेपालीले नेपालीलाई नै ‘टार्गेट’ बनाएर ठग्दै आएका छन् । पहिला पहिला नेपालीहरू धेरै सिड्नी वा  मेलबोर्न शहरमा बसोवास गर्ने कारणले गर्दा यिनै दुईवटा शहरलाईनै मुख्य केन्द्रबिन्दु बनाउँदै बिभिन्न बहानामा नेपाली विद्यार्थी र नेपाली समाजलाई विचिन्न प्रालोभन देखाइ ठग्ने गर्थे।  

तर केही वर्षयता धेरै नेपालीहरु अवसर, पिआर र खुशीको खोजीमा रिजनल सहरहरु रोज्न थालेसँगै नेपाली ठगहरु बिस्तारै क्यानबेरा, ब्रिज्बेन, पर्थ, एडिलेड जस्ता सहरहरु जहाँ बिस्तारै नेपाली समाजको बिकाश हुँदैछ त्यहाँ फैलदै आएको देखिन्छ।

केही दिनदेखि पश्चिम अस्ट्रेलियाबाट संचालनमा आएका केही नेपाली फेसबुक ग्रुप र व्यक्तिगत फेसबुक प्रोफाइल मार्फत आफुहरु एक नेपाली ठगबाट डिजिटल बिजनेसको नाममा ठगिएको छु भनेर गुहार लाउनेको संख्या बढ्दो छ।  बिषेश गरि भर्खरै आएका नेपाली विद्यार्थीहरु र केही बर्ष देखि पश्चिम अस्ट्रेलियामै बसोबास गर्ने व्यक्तिहरु ठगिएका छन्।  कतिको समस्या सुल्झेको छ। तर, कतिपय भने यहि कारणले डिप्रेसनमा पुगिसकेका छन। 

पछिल्लो समय पश्चिम अस्ट्रेलियाको पर्थमा ६ बर्ष देखि बिभिन्न व्यवसाय गर्दै आएका एक नेपाली व्यवसायीले नेपाली समाजलाई लक्षित गर्दै ढुकुटी, डिजिटल बिजनेस, मोबाइल बिजनेसको नाममा ३० जना  नेपालीबाट  हजारौं अस्ट्रेलियन डलर ठगी गरिएको पाइएको छ।  

उनले आफूले संचालनमा ल्याएका व्यवसायबाट सामाजिक संजालमा र चिनेजानेका नेपाली समाजमा नँया व्यवसाय सुरु गर्ने भन्दै रकम उठाउने र त्यो रकम व्यक्तिगत रुपमा खर्च गर्ने देखिएको छ।

यहि ठगीको शिकार भएका धेरैले सामाजिक संजाल फेसबुकमा पीडितबाट बच्न र ठगिएको रकम फिर्ता गर्न दबाब दिइरहेका बेला पिडकले केहि पिडितलाइ उल्टै अदालतमा बिभिन्न शीर्षकमा मुद्दा हल्दिएर झन् मानशिक तनाब दिने कारणले गर्दा पनि धेरै पिडितहरुले सार्वजनिक स्थानमा उनको नाम लिन सकेका छैन्न ।   

आफुले दिन रात गरेर कमाएको पैसालाई सहि ठाउमा लगानी गरेर केहि आम्दानि गरौला भन्ने सोच गरेका नेपालीहरु आजकाल त्यहि ठगलई फोन र मेसेज गर्दैमा दिन जाने बताउँछन,  उनीहरुले यो मुद्दालाइ पश्चिम अस्ट्रेलियाको नेपाली समाज नावा र एनआरएनलाई सुल्झाउन र यसको फैसाला कोठामा २र४ जना बीच नभई सबै नेपाली समाजको बीचमा होश भन्ने समेत आग्रह गरेका छन्। 

यसअघि पनि दुईवटा ठगि काण्ड सार्बजनिक भएका थिए। तर, नेपालीलाई ठग्ने नेपाली अपराधिहरुलाई कुनै पनि कारबाही नभएको कारण उनीहरुलाई आत्मबल बढेको देखिन्छ। त्यसैले त यस्ता घटना बारम्बार घट्ने गरेका छन् ।