अफताब आलामको बाँकी बयान भोली हुने , आजको रात हिरासतमै

रौतहट : सांसद मोहम्मद अफताव आलमसँगको बयान आजकालागि सकिएको छ । बाँकी बयान भोलिहुने छ भने आजको बयान सकिएपछि उहाँलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले अदालतमा दायर गरेको अभियोग पत्र र मिसिलको प्रतिलिपि (फोटोकपी ) नभएको भन्दै आलम पक्षका कानून व्यवसायीहरुले केही समय बयान रोकेका थिए ।

उहाँका कानुन व्यवसायीले मिसिल पाएपछि पुन २० मिनेटजति बयान भएपछि आजकालागि स्थगित भएको जिल्ला अदालतले जनाएको छ ।