नेप्सेमा तीनपटक सर्किट ब्रेक लागेर आजका लागि कारोबार बन्द

नेप्सेमा तीनपटक सर्किट ब्रेक लागेर आजका लागि कारोबार बन्द

काठमाडाैं । सेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ । बजार खुलेको एक घन्टा आठ मिनेटमा सेयर कारोबार परिसूचक नेप्से ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर आइतबारका लागि कारोबार स्थगित भएको हो । बजार खुलेको ६ मिनेटमा ४ प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लगाउनुपरेको थियो । 

त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेन्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रोपटक सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । तेस्रोपटक कारोबार खुलेको केही सेकेन्डमै पुनः ६ दशमलव शून्य चार प्रतिशतको वृद्धि हुँदा सेयर कारोबार आइतबारका लागि स्थगित भएको हो ।

नेप्से परिसूचक एक हजार चार सय ७९ दशमलव शून्य ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ८९ प्रतिशत अर्थात् १७ दशमलव ३९ प्रतिशतले बढेर तीन सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७७-७८का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले सेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आइतबार लगानीकर्ता उत्साहित बनेको विश्लेषकहरूले बताएका छन् ।