सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । 

तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।  चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।